काठमाडौं–नायक सौगात मल्ललाई हरेक किसिमको भूमिकामा काम गर्ने कलाकारको रुपमा चिनिन्छ। सौगातले केही बर्ष अघिसम्म आफूलाई भिन्न भिन्न अवतारमा प्रस्तुत मात्र गरेनन् भूमिका छनोटमा पनि उनी चुजी देखिए। तर, अहिले भने सौगातले दर्शकका लागि नयाँ भूमिका पस्कन सकेका छैनन्। चलचित्र छनोटमा उनी चुकिरहेका मात्र छैनन्, धेरै चलचित्रमा काम गरेर दर्शकको कौतुहलतामा पनि पर्न छाडेका छन्।
सौगातलाई अहिले पैसामुखी भएको आरोप लाग्न थालेको छ। उनले राम्रो चलचित्र भन्दा पनि धेरै चलचित्रमा काम गर्न थालेका छन्। पैसाकै लागि सौगातले चलचित्रमा काम गरिरहेका छन्। सौगात यो कुरालाई स्विकार गर्छन्। उनले एउटा कुराकानीमा उनले भने, ‘जिन्दगी सधै भनेजस्तो नहुने रहेछ। मैले चलचित्रमा काम गरेको पैसाले नै व्यवहार चलाउनु पर्छ। त्यसैले पनि पैसामुखी भएको हुँ कि?’ यो उनले सत्य बोलेका हुन्। कतिपय कलाकार यो सत्य लुकाउँन चाहान्छन्।
आफ्नो अन्य कुनै पेशा वा व्यवसाय भए यसरी काम गर्न नपर्ने कुरालाई उनको बुझेका छन्। त्यसतर्फ सैगातको ध्यान पनि खिचिएको छ। उनी भन्छन्,‘मैले कुनै व्यापार व्यवसाय सुरु गरे भने त पैसाकै लागि चलचित्रमा काम गर्नु पर्ने थिएन। अनि मैले छानेर सिमित चलचित्रमा काम गर्न पाउँथें भन्ने सोच आएको छ। अब हेरु के हुन्छ।’ केही समय अगाडि सौगातले धेरै चलचित्रमा काम गरेको महशुस गरेका थिए। त्यसैले उनले १० महिना चलचित्रमा काम गरेनन्। तर, रिलिज हुन बाँकी रहेका चलचित्रहरुले रिलिजको सुरसार नै नगरेपछि उनी फेरि तातिएका छन्।
चलचित्रले जस्तोसुकै व्यापार गरोस्, उनलाई मतलब छैन। मात्र, उनी प्रेमिका श्रृष्टी श्रेष्ठलाई सिफारिश गर्दै चलचित्र साइन गरिरहेका छन्। सौगात मल्ल अभिनित चलचित्र ‘माछा माछा’ रिलिजको तयारीमा छ। क्राइम कमेडी जनरामा निर्माण भएको यो चलचित्रमा उनले लफङ्गा युवाको भूमिकामा काम गरेका छन्। सौगात, यो चलचित्रले दर्शकलाई फरक स्वाद दिने विश्वास गर्छन्। सौगात मल्लको नयाँ चलचित्र ‘लप्पन छप्पन २’ को पनि हाल छायांकन चलिरहेको छ। उनी, अभिनित चलचित्र ‘पोई पर्यो काले’ रिलिज भैसकेको छ। तर, चलचित्रको प्रचारमा उनी देखिएनन्।