एजेन्सी–सन् २०२१ को सुरुवातबाट बिक्री हुने रिभोनेक्स इलेक्ट्रीक मोटरसाइकल जति स्टाइलीस् देखिन्छ त्यति नै पर्फमेन्सको हिसावले पनि उत्कृष्ट हुने कम्पनीले जनाएको छ।
क्याम्को मोटर्सले उत्पादन गरिरहेको यो मोटरसाइकल दुई नम्बर गियरमा चलाउँदा नै सहरी बाटोमा ११२ किलोमिटर प्रतिघण्टाको रफ्तारमा कुद्न सक्ने कम्पनीले दाबी गरेको छ। मोटरसाइकलको टप स्पीड क्षमता २०० किलोमिटर प्रतिघण्टा रहेको छ। यो इलेक्ट्रीक पावरफुल नेकेड मोटरसाइकलमा म्यानुयल गियरबक्स दिइएको छ।
यो मोटरसाइकललाई ० देखि ६० किलोमिटरको स्पीडमा लग्न केबल ३.९ सेकेन्ड लाग्छ भने ११.८ सेकेन्डमा २०० किमिको रफ्तारमा भेट्ने दाबी कम्पनीले गरेको छ।
मोटरसाइकलमा चार ड्राइभिङ मोड दिइएको छ। कम्पनीले अहिलेसम्म यसको मूल्य नभनेपनि यसलाई अन्तर्रा्ष्ट्रिय बजारमा २० हजार पाउन्डमा किन्न सकिने अनुमान गरिएको छ।