काठमाडौं–एक्सन नायक विराज भट्ट र पूर्व मिस नेपाल निकिता चाण्डकको रोमान्स रहेको फिल्म हो ‘साङ्लो’। माघ २४ गते रिलिज मिति घोषणा गरिएको फिल्मको अहिले एक पोष्टर सार्वजनिक गरिएको छ। जसमा विराजसँगै निकिता पनि देखिएकी छन्।
‘साङ्लो’ केही पहिले ९ फागुनमा रिलिज हुने घोषणा भएको थियो। तर उक्त मितिमा अन्य धेरै फिल्म प्रदर्शनमा आउने भएपछि ‘साङ्लो’ ले रिलिज मिति परिवर्तन गरेर माघमा सारेको हो। फिल्म अभिनेता बिराज आफैले निर्देशन गरेका हुन्। बिराजको यो निर्देशनमा डेब्यु फिल्म पनि हो। फिल्मको पहिलो गीत बिहीबार रिलिज गर्ने तयारीमा विराज छन्।
फिल्ममा बिराज र निकिताको अलवा प्रकाश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्त लगायतका कलाकारको पनि अभिनय रहेको छ। श्री श्रेष्ठको द्वन्द्व निर्देशन, मानकृष्ण महर्जनको छायाँकन, सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत र रहेको फिल्मको कथा शिवम अधिकारीले तयार पारेका हुन्।