काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत भलिबलका खेल आज (बुधबार)बाट शुरु भएको छ। औपचारिक उद्घाटन अगाडीनै महिला र पुरुष भलिबल आज शुरु हुन लागेको हो।
नेपालको पुरुष र महिला टिमले आजै समूह चरणको आफ्नो पहिलो खेल बंगलादेशविरुद्व खेल्दैछन्। उद्घाटन खेलमा सागमा स्वर्ण जित्ने लक्ष्य राखेको महिला टिमले दिउँसो ३ बजे देखी बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल सागको महिला भलिबल सूमह एमा परेको छ। त्यसैगरी महिला तथा पुरूष भलिबलमा सहभागिता जनाउने विषयमा भर्खरै टुंगो लागेको भारत र बंगलादेश पनि समूह ए मा रहेका छन्। बंगलादेश तुलनात्मक रुपमा नेपालभन्दा कमजोर टिम हो। त्यसैले नेपाली टिमले बंगलादेशलाई पराजित गरेर राम्रो सुरुवात गर्छ भन्ने अपेक्षा गरिएको छ।
आजै साँझ ७ बजे नेपाली पुरुष भलीबल टिमले बंगलादेशसंग खेल्ने तय भएको छ। पुरुष भलिबल टिम पनि बंगलादेश र भारत रहेको समूह ए मा रहेको छ। भोली (बिहिबार) ५ बँजे भारत र नेपालबिच प्रतिस्पर्धा हुने तय भएको छ भने त्यस्तै भोली नै ७ बँजे समूह बीमा परेका श्रीलंका र पाकिस्तानबिच प्रतिस्पर्धा हुने भएको छ।