काठमाडौं – चिलिमेले हाइड्रोपावरले २५ प्रतिशत लाभांश दिने भएको छ।
कम्पनीकोे २३ औं वार्षिक साधारणसभाको अवसर पारेर २० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो।
साधारणसभामा नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक तथा चिलिमे जलविद्युत कम्पनीका अध्यक्ष कुलमान घिसिङले चिलिमेले तुलनात्मक रुपमा विगतमा भन्दा लाभांश बढाउँदै गएको बताएका छन्।
घिसिङले चिलिमे अन्तर्गतका निर्माणाधीन आयोजनाहरुको निर्माण कार्य ५० देखि ८५ प्रतिशतसम्म सम्पन्न भएको जानकारीसमेत गराए।
चार अर्ब ७५ करोड ८१ लाख रुपैयाँ बराबरको पूँजी रहेको चिलिमेको बोनस शेयर वितरण पश्चात चुक्ता पूँजी ५ अर्ब ७० करोड रुपैयाँ पुग्ने छ। उनले चिलिमे अन्तर्गतका अन्य आयोजनाहरुको निर्माण कार्य सम्पन्न हुने अवस्थामा रहेको बताउँदै केही वर्षपछि लाभांश वितरण गर्ने क्षमता बढ्ने समेत बताएका छन्।
चिलिमे अन्तर्गत सान्जेन तथा माथिल्लो सान्जेन जलविद्युत आयोजना, मध्य भोटेकोशी जलविद्युत आयोजना र रसुवागढी जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा रहका छन्।