एजेन्सी– हालै आएको एक रिपोर्टअनुसार माइक्रोसफ्टले साइबर सेक्यूरिटी फर्म अभास्ट र उसको सब्सिडयरी एभिजी आफ्नो विण्डोज १० अपरेटिंग सिस्टममा राख्नेको अपडेट ब्लक गरेको छ। केहि यूजरहरुले हालै आएको विण्डोज १० को अपडेट बिल्ड १९०९ वा नोभेम्बर २०१९ अपडेट रोकिएको जानकारी दिएका छन्। यस्तो घट्ना अभास्ट र एभिजी प्रयोग भईरहेका कम्प्यूटरहरुमा देखिएको हो।
माइक्रोसफ्टकाअनुसार यस्तो समस्या निशुल्क उपलब्ध एन्टिभाइरस टूल्स र विण्डोजबिचको कम्प्याटिबिलिटीका कारण भएको कम्पनीले उल्लेख छ। अपडेटलाई ब्लकबाट हटाउनका लागि यूजरहरुले अभास्ट र एभिजीको अपडेट भर्सन डाउनलोड र इन्स्टल गर्नुपर्ने हुन्छ।
एभिजी र अभास्टको लागि कम्प्याटिबिलिटी ब्लक भएको माइक्रोसफ्टको पहिलो घट्ना हो। एन्टिभाइरस कम्पनीले यसको लागि सपोर्ट पेज जारी गरेको छ। भने माइक्रोसफ्टले पनि कम्प्याटिबिलिटी ब्लक इस्यूमा विण्डोज १० को नयाँ अपडेट भर्सन जारी गरेको छ। नयाँ भर्सनमा १९०३, १९०९ र १८०९ रहेको छ।