काठमाडौं–लोकप्रिय गायक,सर्जक तथा मोडल राजजी खाँड र लोकदोहोरी क्षेत्रकी बहुचर्चित गायिका बिष्णु माझीको आवाजमा ‘पानको पत्ता’ गीत भर्खरै मात्र सार्वजानिक भएको छ।
गीतको लय गायक स्वयम् रामजीले नै गरेका छन् भने शब्द तेजश रेग्मीको रहेको छ। सुदिप मगरको संगीत संयोजन रहेको गीत राग स्टुडियोमा रेकर्ड भएको हो। गीतको भिडियो निर्देशन मौसम हिमालीले गरेका हुन्, भने रामजी खाँड र कविता नेपालीको नृत्य रहेको छ। गीतमा मेरो मन संसारमै तिमीमै मात्र छ, तर तिम्रो कता छ भनेर माया गर्ने जोडीले एक अर्कालाई अवगत गराईएको छ।
रामजी खाँडले लामो समयपछि आफ्नै प्रस्तुतिमा निकै मेहनत गरेको गीतको अडियो र भिडियो दुबै एकदमै राम्रो छ, समग्रमा गीत उत्कृष्ट बनेको छ। रामजी खाँडको आफ्नै यूटूब च्यानलबाट बजारमा उपलब्ध छ। गीत छोटो समयमै टिकटकमा भाईरल बन्न सफल भएको छ।
https://www.youtube.com/watch?v=7QJmtkozVp0