तिस्वर राताेपाटी
काठमाडौं– पशुपति क्षेत्र विकास कोषलाई भारतीय महिला संघ काठमाडौंले २ वटा विद्युतीय सवारी साधन उपलब्ध गराएको छ।
भारतीय महिला संघका अध्यक्ष नम्रिता पुरीले बुधबार एक कार्यक्रम आयोजना गरी उक्त विद्युतीय सवारी साधन पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकाललाई हस्तान्तरण गरेका हुन्। सो सवारी साधनमा उच्च गुणस्तरको लिथियम आयन ब्याट्री जडित छ र आठ वटा सिट रहेको छ।
अध्यक्ष पुरीको अनुसार पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने तीर्थयात्री र महिला, बालबालिका, वृद्धवृद्धा तथा अशक्त व्यक्तिहरुका लागि विद्युतीय सवारीसाधनहरु उपयोगी हुने छ। भारत र नेपालका जनताबीच रहेको साँस्कृतिक तथा धार्मिक सम्बन्धलाई सुदृढ बनाउन सहयोग पुर्याउनेसमेत उनको विश्वास छ।
कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव ढकालले पनि विद्युतिय सवारी साधन वृद्धवृद्धा तथा अशक्त तथा महिलाहरुका लागि उपयोगी हुने जनाए।