तस्वीरः अनलाइन खबरबाट
एजेन्सी–अहिलेकी लोकप्रिय नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले जापानमा आयोजना भएको ‘सूर्य इन्टरनेशनल फिल्म अवार्ड’ मा पपुलर नायिकाको अवार्ड जितेर पनि त्यसलाई सामाजिक संजालमा राख्न जरुरत ठानिन्। तर, उनी जापानमा भने आफ्नो जादु छर्नमा मस्त भएकी छिन्। साम्राज्ञीले अवार्डको तस्वीर किन सामाजिक संजालमा पोष्ट गर्न चाहिनन् यो उनले नै जान्ने कुरा हो। किनकि कलाकारलाई अवार्ड हात पानु उनीहरुको अमूल्य प्राप्ति नै जस्तै हो। उनले अवार्ड जितेको तस्वीर उनकी आमाले सामाजिक संजालमा भने पोष्ट गरेकी थिइन्।
साम्राज्ञी हाल जापानमा छिन्। उनले, आफ्नो इन्स्टाग्राममा राखेको तस्वीरले पनि उनी होलिडे रमाइलोसँग बिताइरहेकी छिन् भन्ने थाहा हुन्छ। अवार्ड समारोहको तस्वीर नराखेपनि उनले अवार्डमा लगाएको पहिरनमा सजिएको तस्वीर भने पोष्ट गर्न भ्याएकी छिन्। उनले, ‘जापानको म्याजिक’ भन्दै तस्वीर शेयर गरेको देख्न सकिन्छ।
साम्राज्ञीले अहिले नयाँ चलचित्र साइन गरेकी छैनन्। यो बर्ष उनी अभिनित चलचित्र ‘मारुनी र रातो टिका निधारमा’ बक्स अफिसमा कमजोर देखिएको थियो। उनले, नायक प्रदिप खड्कासँग नयाँ चलचित्रमा काम गर्ने चर्चा भने छ। साम्राज्ञी २ चलचित्रमा काम गरेपछिको समयलाई विन्दास तरिकाले बिताइरहेकी छिन्।