काठमाडौँ, १६ माघ – नेपाली चलचित्र ‘फिङ्गर प्रिन्ट’को ‘चाँहिदैन भो’ बोलको गीत सार्वजनिक भएको छ। दीपक लिम्बूको आवाज रहेको यस गीतमा दयाराम पाण्डेको शब्द र अर्जुन पोख्रेलको सङ्गीत रहेको छ।
नवीन निरौलाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘फिङ्गर प्रिन्ट’ फागुन १० देखि प्रदर्शनमा आउने तयारीमा छ। कविराज गहतराजको कोरियोग्राफी रहेको यस गीतमा अभिनेता राज क्षितिज र अभिनेत्री आयुष्मा कार्कीलाई देख्न सकिन्छ।
मेडिकल साइन्सको विषयवस्तुमा आधारित यस चलचित्रका निर्माता अनिल श्रेष्ठ र शंकर आचार्य हुन्। चलचित्रमा क्षितिज, आयुष्मा, दीपक त्रिपाठी, सरिता लामिछाने, रमेश बुढाथोकी, आन्नद पुन लगायतका कलाकारको अभिनय रहेको छ।यस चलचित्रले मनोरञ्जनका साथै समाज उपयोगी सन्देश दिने निर्देशकले बताए। त्यस्तै चलचित्रलाई सुमन तण्डुकार र राहुल राईले खिचेका छन्।
https://youtu.be/cclqk6C8OXM