काठमाडौं — सटिजन्स बैंक र स्पार्क हेल्थ होम हस्पिटलबीच सहकार्य भएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल र स्पार्क हेल्थ होम हस्पिटलबिच बैंकका ग्राहक महानूभावलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो।
सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकमहानूभावले स्पार्क हेल्थ होम हस्पिटलमा उपचार गराउँदा तथा अन्य सेवा लिंदा विशेष छुट पाउँने भएका छन्।
यो सेवा स्पार्क हेल्थ होम हस्पिटलका काठमाण्डौ उपत्यकाका चारवटै शाखा कार्यलय (चावहिल, सतुंगल, भक्तपुर र सोल्टीमोड) बाट उपलब्ध हुनेछ। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक महानूभाव लाभान्वित हुने विश्वास बैंकले लिएको छ।