काठमाडौं– टुटल र पठाओलाई कारबाही नगर्नू भौतिक पूर्वाधार तथा यातायात मन्त्री को निर्देशन छ। भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङले टुटल र पठाओमाथि पहिलेभन्दा फरक ब्यवहार नगर्न जानकारी दिएका छन्।
मन्त्री नेम्वाङले मन्त्रालयमा आइतबार सचिव, सहसचिव र यातायात व्यवस्था विभागमा महानिर्देशकलाई बोलाएर टुटल र पठाओलाई सेवा सञ्चालनमा अवरोध नगर्न निर्देशन दिएका हुन्।
उनले भने आफूले मन्त्रालयकको जिम्मेवारी पाएलगतै थालिएको कारवाहीले गलत सन्देश दिन सक्छ। कानूनी र नीतगत व्यवस्था तथा यस्ता सेवामाथि नियमन गर्न भइरहेका तयारीका केही रिपोर्ट भए आफूलाई दिन निर्देशन नेम्वाङले दिएका छन्।
मन्त्री नेम्वाङले निर्देशन दिँदै भनेका थिए ‘सरकार पुनर्गठनलगत्तै थालिएको यस किसिमको कारवाहीले कन्फ्युजन सिर्जना भयो, यस्ता सेवा २–३ वर्षदेखि चलिरहेका छन,’ अहिले चालिएको कारबाही रोकेर यथास्थितिमै छाडिदिनुहोला।’ यसअघि निर्वाध रुपमा चलिरहेको सेवालाई एक्कसी रोक्न खोज्दा गलत सन्देश जानसक्ने नेम्वाङको भनाइ थियो।
यातायात व्यवस्था विभागले मंसिर ४ गते सूचना निकालेर निजी सवारीले भाडा लिएर यात्रु बोके कारवाही गर्ने चेतावनी दिएको थियो। त्यसलगत्तै ट्याक्सी चालकले एक टुटलका चालकलाई समातेर ट्राफिक प्रहरीलाई बुझाएका थिए भने ट्राफिक प्रहरीले जरिवाना तिराएर छाडेको थियो।