काठमाण्डौ _ अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले स्वरोजगार बन्नका लागि बैंकले ऋण नदिए कारवाही गर्ने बताएका छन्।
बुधबार युवा परिषद् र बैंकहरूको सयुक्त आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले सहुलियतपूर्ण कर्जामा आधार दरको वरिपरि रहेर लगानी गर्न बैंकहरुलाई आग्रह गरेका हुन्।
उनले सबै कागजात पूरा गरेर पनि कुनै बैंकले ऋण दिन आनाकानी गरे सिधै अर्थमन्त्रालयमा गुनासो गर्न आग्रह गरेका छन्।
मन्त्री खतिवडाले देशभित्रै काम गर्न खोज्ने युवाहरुलाई राज्यले संरक्षण र सहयोग गर्ने कानुनी व्यवस्था गरेको र त्यस्तो नियम नमान्ने बैंक तथा वित्तीय संस्थालाई कारबाही हुने चेतावनी दिए।
स्वरोजगारको कामलाई प्रोत्साहित गर्नका लागी दुई महत्वपूर्ण काम गर्न आवश्यक रहेको छ, उनले भने, ’पहिलो विद्यालय शिक्षा देखि नै सिपको पाटाको विकास गर्न आश्यक छ साथै यूवाहरुमा जोखिम लिनसक्ने क्षमताको विकास गर्न जरुरत छ ।’
सरकारले स्वरोजगार या उद्यम बन्न चाहने युवालाई ५ देखि ६ प्रतिशतसम्मको ब्याज अनुदानमा विभिन्न प्रकारका ऋणको व्यवस्था समेत गरेको छ।