काठमाडौं– स्वास्थ्यका दृष्टिकोणले निकै उपयोगी स्याउलाई केही मानिस बोक्रासहित खान रुचाउँछन् भने केही बोक्रा झिकेर खान रुचाउँछन्। स्याउ एक प्रकारको फलफुलको राजा हो। खानमा पनि निकै स्वादिलो हुन्छ। खादा गुलियो भएको हुनाले यसलाई केटाकेटिले पनि मन पराउछन्।
स्याउ खानुका फाइदाः सुन्दरता बढाउँछः स्याउको सेवनले अनुहारमा हुने काला तथा सेता दागहरु हट्छन्। यसबाट अनुहारमा चमक आउँछ। साथै स्याउको प्रतिदिन सेवनले तपाईंको शरीरमा मौजुद रहेको अनावश्यक बोसो बिस्तारै बिस्तारै कम हुन्छ। नियमित सेवनले अनुहारमा भएका कालो धव्वाह पनि हराएर जान्छ र अनुहार सुन्दर देखिन्छ।
तौल सन्तुलितः शरिरको तौल हरदम फिट राख्न चाहनुहुन्छ भने नियमित स्याउ सेवन गर्नुहोस्। स्याउ नियमित सेवन गर्दा तपाईको पाचन प्रणालीलाई सही राख्छ। यसका साथै शरिरको इम्युनो सिस्टमलाई पनि राम्रो राख्छ। धेरै नसर्ने रोगहरु जस्तै मुटुरोग उच्चरक्तचाप मधुमेह आदि शरीरको तौलसंग सम्वन्धीत हुन्छ। स्याउमा पाइने धेरै फाइबर र कम क्यालोरीले शरीरको तौल नियन्त्रण गर्न मद्दत गर्छ।
पत्थरी कव्जीयतबाट बचाउँछः नियमित स्याउ खानाले पत्थरी हुन सक्दैन। स्याउमा भएको फाइबरले झाडा पखलाको बेला धेरै पानी सोसी झाडा पखला नियन्त्रण गर्छ। त्यसैगरी कब्जियत भएको बेला त्यहि फाइबरले कोलनबाट पानी तानी कब्जियत निकोपार्न मद्दत गर्छ।
दाँत मजबुतः ब्रस गर्दा पनि दाँत चम्किलो हुँदैन भने दैनिक स्याउ मजाले चपाएर खादा दाँतमा चमक आउने छ। स्याउ चपाँउदा र टोक्दा निस्कने रयालले दाँत सड्नबाट बचाउनुको साथै ब्याक्टेरियाको संख्या घटाउछ।
एनिमियाको बिरामीलाई फाईदाः एनिमिया रोगको कारण शरिरमा रगतको मात्रा कमी भएर आउँछ र हेमोग्लोविनको मात्रा घट्छ। त्यसको लागि स्याउ खानु अति उत्तम हुन्छ। स्याउमा भएको आइरनले रगतको मात्रा बढाउन सहयोग गर्छ। यस्ता रोगीले दैनिक स्याउ सेवन गर्नु अति उत्तम हुन्छ।
क्यान्सरको खतरा मुक्तः नियमित सेवन गर्दा पेट तथा स्तनको क्यान्सर हुनबाट बचाउँछ। स्याउले मानिसको शरिरमा रोगसंग लड्ने कोशिकामा तागत प्रदान गर्छ।
कोलेस्ट्रोल कमः स्याउमा पाईने फाइबरले कोलेस्ट्रोलको मात्रा कम गराउँछ। यसका साथै नियमित स्याउ खाने हो भने डायविटिज हुने सम्भावना पनि २८ प्रतिशतले कमी भएर आउने छ। स्याउको सेवनले शरिरमा ग्लुकोजको मात्रा कमी हुन दिँदैन र इन्सुलिन लिनुपर्ने आवस्यकता पर्दैन।
एल्जाइमर हुन दिदैनः स्याउले मस्तिस्कलाई बुढो हुन दिदैन र हरदम स्वस्थ र तन्दुरुस्त राख्छ। डायबीटीज हुन दिदैन हरेक दिन एक दाना स्याउ खाने मानिसमा टाइप २ डायबीटीज हुने सम्भावना २८ प्रतिशतले कम हुन्छ।
कोलेस्टेरोल घटाउँछः स्याउमा पाइने घुलनसिल फाइबर आन्द्राको चिल्लो पदार्थसंग बाधिन्छ र शरीरमा कोलेस्टेटोलको मात्रा कम हुन्छ।
मुटु स्वस्थः स्याउमा पाइने फाइबरले धमनीका भित्ताहरुमा कोलेस्टेरोल जम्न नदिइ रक्तसञ्चारलाई स्वस्थ बनाई राख्छ। पित्तथैलीको पत्थरी स् पित्तथैलीमा भएको पित्तमा कोलेस्टेरोलको मात्रा बढी भएमा त्यो जम्न गई पत्थरी हुन्छ। स्याउ खाँदा त्यसमा भएको फाइबरले कोलेस्टेरोलको मात्रा घटाई पित्तथैलीको पत्थरी हुन दिदैन।
हड्डीलाई बलियो बनाउछः स्याउमा प्रचुर मात्रामा क्याल्सियम पाइन्छ। त्यसैले प्रतिदिन स्याउको सेवन गर्ने वा यसको जुस पिउँदा हड्डीहरु मजबुत हुन्छन्। जो व्यक्तिहरुको हड्डी मजबुत हुन्छ उसलाई कम थकान महसुस हुन्छ।
मधुमेहलाई नियन्त्रित गर्छः स्याउको सेवनले शरीरमा टाइप २ मधुमेहको खतरालाई कम गर्छ। यसमा मौजद तत्वले शरीरुमा ग्लुकोजको कमी पूरा गर्छ। शरीरमा प्रचुर मात्रामा ग्लुकोज हुँदा तपाईंले इन्सुलिन लिनुपर्ने आवश्यकता पर्दैन।
मोतियाविन्दुः स्याउको सेवनले आँखामा हुने मोतियाविन्दुको समस्याबाट बचाउन मद्दत गर्छ। आँखासम्बन्धि अन्य रोग पनि लाग्न दिँदैन।
दमका बिरामीलाई गुणकारीः स्याउ वन स्याउको जूसको सेवनले दम रोगीहरुलाई निकै फाइदा मिल्छ। विभिन्न अनुसन्धानहरुबाट पत्ता लागिसकेको छ कि दमको आक्रमण रोक्न स्याउ प्रभावकारी हुन्छ। यसमा पाइने फ्लेवोनोइड्सले फोक्सोको शक्ति बढाउँछ।