काठमाडौं–मङ्सीर महिनामा पञ्चेबाजा गीतहरु एक पछि अर्को आईरहेका छन्। ‘बस आडैमा’ गीतले अहिले बजारमा राम्रो चर्चा पाईरहेको छ। गीतमा दिपक कडेंल ले शब्द तयार गरेका छन् भने प्रेम सापकोटा सोनुले लय सिर्जना गरेका छन्।
गीतमा देवेन्द्र थापा र देवी घर्ती को आवाज रहेको छ। सारिका केसी र दुर्गेश थापा को अभिनय रहेको सो गीतलाई दीलिप रेग्मीले निर्देशन गरेका छन्। याे पञ्चे बाजा पाँच बाजाहरूको समुह हो।यो बाजा नेपालको पहाडी भेक तथा भारतको सिक्किम दार्जी्लिङमा बजाईने गरिन्छ। पञ्चे बाजामा दमाहा’ झ्याली’ ट्याम्को’ ढोलकी र सहनाई पर्ने गर्छन।
नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रुपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर पञ्चे बाजा विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजा(आजा मा बजाउने गरिन्छ। दीपिका म्युजिक को यूटूब च्यानलबाट बजारमा उपलब्ध छ।
https://youtu.be/-_8L2Au9DsM