एजेन्सी – फुटबलका हस्ती अर्जेन्टिनी तथा स्पेनिस बार्सिलोनाका फरवार्ड लियोनेल मेस्सी र पोर्चुगिज तथा इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोबीच टकराब चलिरहेको छ।
दुवै खेलाडीको मैदान भित्र र बाहिरको प्रदर्शनले पनि फुटबल पण्डित तथा समर्थकहरु आ–आफ्नो पक्ष लिदै वकालत गरिरहेका हुन्छन्। मेस्सी र रोनाल्डोले पछिल्लो एक दशक विश्व फुटबलमा विभिन्न कीर्तिमानहरु आफ्नो नाममा लेखाइसकेका छन्।
मेस्सीले बुधबार राति च्याम्पियन्स लिगमा जर्मन क्लब बोरुसिया डर्टमन्डविरुद्ध ३–१ को जित निकालेको खेलमा गोल गरेपछि फरक ३४ क्लबविरुद्ध गोल गर्दै रोनाल्डोलाई पछि पारेका हुन्। मेस्सीले बार्सिलोनाका लागि ७००औं खेलमा यो आकँडा भेट्टाएका हुन्।मेस्सीले रोनाल्डोभन्दा एक भिन्न बढी क्लबविरुद्ध गोल गर्दै कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्।
मेस्सीले फरक ३४ तथा रोनाल्डोले ३३ फरक क्लबविरुद्ध गोल गरेका छन्। स्पेनिस क्लब रियल म्याड्रिडका पुर्व फरवार्ड राउलले पनि ३३ भिन्न क्लबविरुद्ध गोल गरेका छन्।