काठमाडौं– भर्खरै मात्र खेल खेल्ने टुंगो लागेको भारतीय भलिबल टोली १३ औं दक्षिण एसियाली खेलकुल (साग) मा भाग लिन नेपाल आइपुगेको छ। भारतीय महिला तथा पुरूष भलिबल टोली बुधबार राति ११ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
आजै भारतीय महिला भलिबल टोलीले नेपालसँग प्रतिस्पर्धा गर्दैछ। भलिबलतर्फ आज ३ खेल हुँदैछन्। जसअन्तर्गत पुरूषमा दुई खेल र महिलामा एक खेल हुनेछ।
बुधबार बंगलादेशलाई हराउँदै जीतको सुरुवात गरेको महिला भलिबल टोलीले आज साँझ ५ बजे भारतसँग खेल्ने तय भएको छ। खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछ।
उद्घाटन खेलमा नेपालले बंगलादेशलाई ३–० ले सहजै पराजित गरेको थियो।