सप्तरी– सप्तरीमा विवाहमा दाइजो दिने रकमबाट १ व्यक्तिले विपन्न समुदायका महिला तथा बालबालिकालाई कपडा वितरण गरेका छन्।
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–४ मधवापुर निवासी शैलेन्द्रचन्द्र झाले आफ्नी छोरी अभिलाषाको विवाहमा लाग्ने रकम सामाजिक कार्यमा लगाएका हुन्।
विपन्न समुदायका २ सय ५० महिला र ३ सय बालबालिकालाई बेहुली अभिलाषा र उनका पिता शैलेन्द्रले न्यायो लुगा वितरण गरेका छन्। २४ वृद्घवृद्घालाईपनि घरमै गएर न्यायो लुगा प्रदान गरे।
बेहुलीका बुबा झालेको अनुसार बेहुला पक्षका अभिभावक दाइजो लेनदेन नगर्ने सहमति भएपछि समुदायका विपन्न महिला तथा बालबालिकालाई राहतस्वरुप जाडोका लागि न्यानो कपडा वितरण गरेका हुन्।
झाकी छोरी अभिलाषा र सप्तरीकै बलानविहुल गाउँपालिका–४ निवासी अमरनाथ झाका छोरा अमितबीच बुधबार बिनादाइजो विवाह सम्पन्न भएको थियो।