भाग्यले मलाई परदेशी बनायो
थोरै हाँसो दुःख बेसि बनायो।
यो कस्तो घट्ना हो बुफ्नै सकिएन
आफैलाई रेट्न मिल्ने चुलेसी बनायो।
नशा नपिएर बेहोस हुन मन थियो मलाई
सराब पिएर मात्तिएसी बेहोसी बनायो।
मुटुभरी राँको बल्छ आँखाभरी आँशु छ
आँशुको पानी बनी बलेसी बनायो।
बुझ्नै सकिन मैले माया के हो भनी
मलाई मान्छे चोटै–चोटले जलेसी बनायो।
पिटर थापा
भगवतीमाई १, पगनाथ दैलेख
हाल दुवई