एजेन्सी – इन्टर मिलानले चेक रिपब्लिक क्लब स्लाभिया प्राहामाथि ३–१ को सानदार जित निकालेको हो। इन्टरको जितमा लोउटारो मार्टिनेजले दुई तथा रोमेलु लुकाकुले एक गोल गरे। प्राहाका थोमस सोसिसले एक गोल फर्काए।
प्राहामा बुधबार राति भएको खेलमा इन्टरले खेलको १९औं मिनेटमा मार्टिनेजको गोलबाट अग्रता बनाएको थियो। ३५औं मिनेटमा रोमेलु लुकाकुले गोल गरेपनि भिएआरबाट मान्यता पाएन। ३७औं मिनेटमा थोमस सोसिसले बराबरी गोल फर्काए।
८१औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई २–१ को अग्रता दिलाए। ८८औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ३–१ को जित दिलाए। एन्ज्युरी समयमा लुकाकुले गोल गरेपनि पुनः भिएआरको मान्यता पाएन।
जित निकाल्दै नकआउट चरण पुग्ने सम्भावना जीवितै राखेको छ। अब समूह चरणको अन्तिम खेलमा बार्सिलोनालाई बराबरी वा पराजित गरे या अर्काे खेलमा डर्टमन्डले पनि हार भोगेको अवस्थामा इन्टरले नकआउट चरणमा स्थान बनाउनेछ। इन्टर ५ खेलबाट ७ अंकसहित दोस्रो स्थानमा छ।