काठमाडौं– ‘नेपालका लागि नेपाली’ अभियानले ज्ञानेन्द्र शाहीलाई कुनै पनि जिम्मेवारीमा नगरहने गरी अभियानबाट निस्कासन गरेको छ।
अभियानले एक वक्तव्य जारी गर्दै शाहीलाई अभियानको कुनै पनि जिम्मेवारीमा नरहने गरी निकालिएको जनाएको हो। बुधबार बसेको अभियानको केन्द्रीय कार्यसमितिको बैठकले शाहीलाई हटाउने निर्णय गरेको हो।
अभियानले जारी गरेको वक्तव्यमा शाहीलाई हटाउनुको कुनै करण उल्लेख गरिएको छैन। तर, अभियानका प्रमुख अभियान्ता अधिवक्ता बालकृष्ण न्यौपानेले भने शाहीले गणतन्त्रको पक्षमा बोलेपछि निस्कासन गरिएको प्रतिक्रिया दिएका छन्।