काठमाडौं– १३ औ दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत महिला भलिबल टोलीले आज(बिहिबार) भारतको सामना गर्दैछ। पहिलो खेलमा बंगलादेशलाई सोझो सेटमा पराजित गरेको नोपलको यो दोस्रो खेल हो।
भारत तुलनात्मक रुपमा बलियो टोली मानिन्छ। खेल त्रिपुरेश्वरस्थित कभर्डहलमा दिउँसो ३ बजे शुरु हुनेछ। एभीसी सेन्ट्रल जोन भलिबलमा ऐतिहासिक स्वर्ण हात पारेको नेपाली महिला भलिबल सागमा पनि उच्च प्रदर्शन गर्दै स्वर्ण पदक जित्ने दाउमा छ।
यसअघि दुवै टोली नेपालमै भएको दक्षिण एसियाली महिला भलिबल प्रतियोगितामा भिडेका थिए। सो खेलमा भारतले नेपाललाई सहजै हराउँदै उपाधि जितेको थियो।दक्षिण एसियामा महिला भलिबलमा नेपालसँगै भारत र माल्दिभ्स बलियो टोली हुन्। समुह चरणमा भारतको याे पहिलो खेल हो।