काठमाडौं– नेपालमा स्वास्थ्य अनुसन्धान परिषद्ले गत फेब्रअरी देखि मे महिनासम्ममा गरेको सर्वेक्षणमा जनसंख्याको आधारमा सुर्तिजन्य पदार्थको सेवा, मद्यपान, आहार, नुनको प्रयोग, शारीरिक क्रियाकलाप, पाठेघरको मुखको क्यान्सरको स्क्रीनिङ, मुख स्वास्थ्यको विषयमा तथ्यांक संकलन गरेको थियो। परिषद्ले ७ वटै प्रदेशमा १५ देखि ६९ वर्ष उमेर समूभित्रका ५ हजार ९ सय ९३ जनामामा यो सर्वे गरेको थियो। परिषद्ले सन् २००७ देखि हरेक ५ वर्षमा एक पटक नसर्ने रोग सम्बन्धी जोखिमका विषयमा अनुसन्धान गर्दै आएको छ।
सुर्तिजन्य पदार्थको प्रयोग गनहरुको संख्या बढ्दोः
परिषद्ले सार्वजनिक गरेको तथ्यांकको अनुसार नेपालमा सुर्तिजन्य पदार्थ समेत गर्नेहरुको संख्या बढ्दै गएको छ उक्त सर्वेक्षणका अनुसार २८ दशमलव ९ प्रतिशतले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेका छन्। सुर्तिजन्य पदार्थ सेवन गर्नेमा महिला भन्दा पुरुषको संख्या तेब्बर रहेको तथ्यांकले देखाएको छ। सन् २०१३ मा भएको सर्वेक्षणमा ३० दशमलव ८ प्रतिशतले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको थियो जसमा पुरुष ४८ दशमलव १ प्रतिशत थिए भने, महिला १२ दशमलव १ प्रतिशत थिए।
सन् २०१३ र २०१९ को तथ्यांकलाई हेर्दा सुर्तिजन्य पदार्थ सेवन गर्ने पुरुष बढेको देखिन्छ भने महिलाहरु घटेका छन्। हाल दैनिक रुपमा २४ दशमलव १ प्रतिशतले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेका छन् यस्तै १७ दशमलव १ प्रतिशतले धुम्रपान सेवन गर्छन् दैनिक रुपमा धुम्रपान गनर्नेमा १३ दशमलव ३ प्रतिशत रहेका छन्। ७२ प्रतिशतले जीवनमा कहिल्यै मद्यपान गरेका छैनन्। परिषद्ले गरेको अनुसन्धानमा ७२ दशमलव २ प्रतिशतले जीवनमा कहिलेपनि मद्यपान नगरेको अध्ययनले देखाएको छ।
यस्तै विगत एक महिनाभित्रमा मरिदा सेवन गर्नेहरु २० दशमलव ८ प्रतिशत रहेका छन्। परिषद्ले सन् २०१६ मा गरेको अनुसन्धानमा मदिरा सेवन गर्नेहरु १७ दशमलव ४ प्रतिशत मात्र थिए तर हाल नियमित रुपमा २० दशमलव ८ प्रतिशतले मदिरा सेवन गरेको पाइएको छ। सो तथ्यांकलाई हेर्दा मरिदा सेवन गर्नेको संख्या झनै बढ्दै गएको छ महिरा सेवन गर्नेहरुमा महिला भन्दा पुरुष बढी रहेका छन्। नेपालमा नसर्ने रोगका बिरामीहरु बढ्दै गएकाले परिषद्ले नसर्ने रोगका जोखिम तत्वहरुको विषयमा जनसंख्याको आधारमा अनुसन्धान गरेको जनाएको छ।
परिषद्ले गरेका अध्ययन अनुसार नसर्ने रोगका जोखिम न्युनिकरणका लागि सरकारले सचेतनाका कार्यक्रम तथा नियन्त्रण गर्न निति नियम बनाएमा नसर्ने रोगको जोखिम कम गर्न सहयोग पुग्ने परिषद्का प्रमुख डा अञ्जनी कुमार झाले बताए। यस्तै स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र क्षेत्रीले परिषद्ले गरेका अनुसन्धानलाई आधार बनाएर नीति तथा निर्देशिका बनाउने र कार्यन्वयन गर्ने बताएका छन्।