चीतवन– उद्योग वाणिज्य सङ्घ जिल्ला शाखाले आगामी पुस ५ देखि ७ गतेसम्म महिला उद्यमी मेला, २०७६ आयोजना गर्ने भएको छ।
उद्योग वाणिज्य सङ्घ चितवन अन्तर्गतको महिला उद्यमी विकास समितिको सक्रियतामा उक्त मेला आयोजना गर्न लागिएको हो।
महिला उद्यमीद्वारा उत्पादित वस्तुको आवश्यक प्रचारप्रसार गर्दै महिला उद्यमशीलता विकासमा टेवा पुर्याउने उद्देश्यले मेला आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष सहनलाल प्रधानले बताएका छन्।
उद्यमशीलता विकासमार्फत् महिलालाई आयआर्जनमा आकर्षित गर्नुका साथै महिला उद्यमीद्वारा उत्पादित वस्तुको प्रचारप्रसार गर्नमा मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
उद्योग वाणिज्य सङ्घको परिसरमा सञ्चालन गर्न लागिएको उक्त मेलामा महिला उद्यमीद्वारा उत्पादित वस्तुका ३५ कक्ष रहने महिला उद्यमी विकास समितिका संयोजक रजनी मास्केले जानकारी दिएका छन्।
महिला उद्यमी तथा घरेलु, साना तथा लघु उद्यमीद्वारा उत्पादित वस्तुको प्रवद्र्धनमा सहयोग पु¥याउने अपेक्षा गरिएको उक्त मेलामा चितवन, नवलपरासी, मकवानपुर, धादिङ, कास्कीलगायतका महिला उद्यमीको सहभागिता रहने जनाइएको छ।
उद्योग वाणिज्य सङ्घ–चितवनले महिला उद्यमीको प्रवद्र्धनका लागि घरेलु तथा साना उद्योग विकास समितिको सहयोगमा गत असारदेखि चितवन कोसेली घर सञ्चालनमा ल्याएको छ। (रासस)