काठमाडौं–अन्जली अधिकारी अहिलेकी लोक दोहोरी क्षेत्रकी सबैभन्दा ब्यस्त र रुचाईएकी नायिका हुन्। उनै नायिका अन्जली र नायक डिम्पल केसीको नृत्य रहेको लोक दोहोरी गीत ‘फूलको डाली रित्तै’ लाई दर्शकले अत्याधिक रुचाए।
यही गीतबाट डेम्यू गरेका डिम्पल पनि दर्शकको रोजाईँमा पर्न सफल भए। गीतलाई बरिष्ठ लोकदोहोरी गायिका बिमाकुमारी दुरा र ज्ञानेन्द्र शाहीको आवाज रहेको गीतको शब्द, संगीत ज्ञानेन्द्र शाहीको रहेको छ, भने संगीत संयोजन ईन्द्र जि सी को रहेको छ। गीतको भिडियो निर्देशन बिक्रम चौहानले गरेका छन्। दैलेखको भगवतीमाई गाउँ पालिका–२ मा जन्मिएका ज्ञानेन्द्रले आफ्नै जन्मभूमि र सेरोफेरोको शब्द राखेर यो गीत तयार गरेकोले उनलाई धेरै जनाले यो गीतबाट चिनिने अवसर मिल्यो।
गत बर्ष (२०१८) नोभेम्बर २८ तारिखमा सार्वजानिक भएको एक बर्षपछि आजकै दिन पुन बिमाकुमारी दुराले उनको अर्को सृजनामा आवाज दिने भएकी छिन्। उनीहरुको पहिलो सहकार्यलाई दर्शकले अत्याधिक रुचाएको कारण फेरि पनि हामी सहकार्य गर्न तयार भएको गीतका गायक तथा सर्जक ज्ञानेन्द्रले बताए।
https://youtu.be/zmLCJ3qUGXk