काठमाडाैँ- इन्टरनेट सेवाप्रदायक कम्पनी भायनेट कम्युनिकेसन्सले स्थापनाको २० औं वर्ष प्रवेशको अवसरमा ‘क्या लभ्ली अफर’ सुरु गरेको छ। सन् १९९९ मा स्थापना भएको भायनेटले गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ।
‘क्या लभ्ली अफर’ योजना अन्तर्गत ग्राहकले ३४ हजार रुपैयाँ पर्ने एक वर्षको इन्टरनेट जोड्दा नेट टीभी र ६४ मेगापिक्सल क्यामरा भएको शाओमी रेडमी नोट एट प्रो निःशूल्क प्राप्त गर्नेछन्।
त्यस्तै २७ हजार सात सयमा रुपैयाँ पर्ने एक वर्षको इन्टरनेट प्याकेजको साथमा नेट टीभी र शाओमी रेडमी नोट ८ प्राप्त गर्ने कम्पनीले जनाएको छ।
यसैगरी १८ हजार सात सय ९० रुपैयाँ को इन्टरनेट प्याकेजमा सामसङ र स्काईवर्थको ३२ इञ्चदेखी ४३ इञ्चसम्मका एलईडी टीभीका र नेट टीभी प्राप्त गर्न सकिनेछ। भायनेटले तीन महिनाको इन्टरनेट प्याकेज लिने ग्राहकका लागि पनि विभिन्न आकर्षक प्याकेज सार्वजनिक गरेको छ।