तस्वीरः अनलाइन खबरबाट
एजेन्सी–नेपाली सिनेमाले पछिल्लो समय देश बाहिर अवार्ड वितरण गर्ने प्रचलन बसाल्दै आएको छ। यही अवसरमा खिचिएको एउटा तस्वीर हो जहाँ ‘सुपर स्टार ‘रेस्पेक्ट’ नायिका संचिता लुइटेलले नायक भूवन केसी अर्का कलाकार निर शाहको अगाडि झुक्दै गरेको एक तस्वीर शेयर गर्दै लेखिन्। अर्का चलचित्रकर्मी अनुराग कुँवर लेख्छन्,‘अंग्रेजीमा प्रखर हुनु मात्रै सुपरस्टारको पहिचान होइन। चाहे सय गल्ती किन नहोस् यस्तो एक व्यवहारले माफीको हकदार हुन्छ। किनभने, जो कहलिएका थिए उहाँबाट आफ्नो अग्रजलाई यस्तो आदर कहिले देखिएन। मेरो व्यक्तिगत वुझाई। जय नेपाली सिनेमा ।’
केही दिन अगाडि जापानमा आयोजना भएको ‘सूर्य इन्टरनेशनल फिल्म अवार्ड’ मा कलाकार निर शाहलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिएको थियो। शाहले अवार्ड थाप्दै गर्दा भूवन पनि स्टेजमै थिए। उनले, आफू भन्दा सिनियर कलाकारको सम्मानका लागि भन्दै घुडा टेके। भूवनले घुडा टेकेर निर शाहप्रति सम्मान जनाएका थिए।
भूवनको यो शैलीको अहिले चलचित्रकर्मीहरुले प्रशंसा गरिरहेका छन्। पछिल्लो समयमा नेपाली चलचित्रबाट सम्मानको भावना हराउँदै गएको गुनासो नसुनिएको होइन। नायक केसीको यो खालको शैलीले पक्कै पनि नयाँ पुस्तालाई राम्रो सन्देश दिएको छ।