काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपालमा सञ्चालन हुँदैछ। साग अन्तर्गतको पुरुष फुटबलको खेल तालिका सनर्वजनिक भएको छ।
बिहिबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको तालिकाअनुसार नेपालले पहिलो खेल भुटानसँग खेल्नेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पहिलो खेल भुटानसँग डिसेम्बर ३ मा खेल्नेछ। यस्तै नेपालले डिसेम्बर ४ मा श्रीलंका, डिसेम्बर ६ मा माल्दिभ्स र डिसेम्बर ८ मा बंगलादेशसँग खेल्नेछ।
पाँच राष्ट्र सहभागी हुने पुरुष फुटबल राउण्ड रोबिन लिगका आधारमा हुनेछ। शीर्ष दुई टोलीले स्वर्ण पदकका लागि खेल्नेछ। भारतले अन्तिम समयमा पुरुष फुटबलबाट नाम फिर्ता लिएपछि पुनः खेल तालिका निकालिएको हो। यस अघि नेपाल समूह ’ए’ मा परेको थियो। नेपालको समूहमा बंगलादेश र भुटान रहेको थियो।
