एजेन्सी– भारतको हैदराबादमा १२ वर्षको बालकलाई सफ्टवेयर कम्पनी मोन्टेजी स्मार्ट बिजनेस सोल्युशनले डाटा साइन्टिस्टको रुपमा नियुक्त गरेको छ।
शहरको चैतन्य स्कुलमा ७ कक्षामा पढ्दै गरेको सद्धार्थ श्रीवास्तव पिल्लईलाई नियुक्त गरेको हो।
सिद्धार्थका अनुसार उनी यस उचाईमा पुग्नमा तन्मय बख्शी उनको रोल मोडल हुन्, जसले गुगलमा सानै उमेरमा नै काम गर्न सुरु गरेका थिए र उनी आर्टिफिशियल इन्टेलिजेन्स क्रान्तिको महत्वको सन्देश विश्वमा फैलाउँदै छन्।
यसका साथै सिद्धार्थले आफ्ना बुबालाई पनि धन्यवाद दिएका छन्। उनी आज जुन ठाउँमा रहेका छन् सबै आफ्ना बुबाको श्रेयले गर्दा भएको पनि बताएका छन्।