एजेन्सी–अमेजनले ३५ अर्ब डलर खर्च गरेर ड्रोन बनाउने विषयमा अध्ययन गरिरहेको बताएको छ। उसले ३० मिनेट भित्र सामान डेलिभरी गर्ने भन्दै नयाँ तरिकाबाट अध्ययन गरेको हो।
अमेजनका उपभोत्ता विभागका कार्यकारी सिइओ जेफ विल्कले अडर गरेको सामान सबैभन्दा छिटो पुर्याउनको लागि ड्रोनको जरुरी भएको बताए। ड्रोन बनाउनको लागि उसले ६ वर्षदेखि काम गरिरहेको बताएको छ।
ड्रोनमा मात्रै होइन अमेजनले सामान डेलिभरी गर्नको लागि रोबर्टलाई पनि अर्को विकल्प मानेको छ। सेप्टेम्बरको सुरुमा अमेजनले रोबट बनाउनको लागि आफ्नै प्यान्ट पनि खोलिसकेको जनाइएको छ। तर, कम्पनीले रोवट र ड्रोनको विषयमा केही चुनौति रहेको स्वीकार गरेको छ।
उसले तेस्रो विकल्पको रुपमा सेल्फ डेलिभरी ट्रकमा फोकस गरेको अन्तर्रा्ष्ट्रिय मिडियाहरुले जनाएका छन्। अमेजनले सामान डेलिभरी गर्ने रोबट बन्ने भएपछि २०३० सम्ममा ३८ करोड मानिसको रोजगारी गुम्ने भएको छ। एक अध्ययनले मानिसको ठाउँमा मेसिन प्रयोग गर्दा त्यसले विश्वको रोजगारीमा ठूलो धक्का पुग्ने छ।