काठमाडौं–चर्चित एक्सन नायक विराज भट्टको निर्देशनमा तयार भएको चलचित्र ‘साङ्लो’ माघको २४ गतेबाट रिलिज हुँदैछ। विराज आफैले निर्देशन गरेकाले पनि चलचित्र कस्तो बनेको होला भन्ने कौतुहलता दर्शकमा छ। यसैविच, चलचित्रमा समावेश पहिलो गीत ‘चरीले काफल’ सार्वजनिक गरिएको छ।
राजनराज सिवाकोटी र मिलन नेवारको स्वर रहेको यो गीतमा राजनकै शब्द तथा संगीत छ। गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु नायक विराज भट्ट र नायिका निकिता चण्डकलाई फिचरिङ गरिएको छ। यो गीतलाई दर्शकले मन पराउने आशा निर्माणपक्षको छ। भिडियोको लागि निर्माण टिमले राम्रै मिहिनेत गरेको छ। चलचित्रमा
जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला लगायतका कलाकारको पनि अभिनय छ। शिवम् अधिकारीले लेखेको यो चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको एक्सन, अर्जुन जीसीको सम्पादन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ। गीत छोटो एकदमै रुचाईएको छ।
https://www.youtube.com/watch?v=XdXm0Jua6No