पर्सा–पर्सा जिल्लाका किसानले धान काट्ने अत्याधुनिक उपकरण भित्र्याएका छन्। कृषि उपकरण खरिदमा सरकारले कर छुट दिएपछि किसानहरुले अत्याधुनिक उपकरण भित्र्याएका हुन्।
पर्साको पोखरिया नगरपालिकाका किसानले धान दाइँ गर्ने उपकरण पनि ल्याएका छन्। पर्साको पर्सागढी नगरपालिकामा किसानले भित्र्याएको मेसिनले बुधबारदेखि धान धाट्न शुरु गरेको छ।
सरकारको अनुदानपनि पर्सा जिल्लामा अत्याधुनिक उपकरणको उपयोग बढ्दै गएको र मेसिनको प्रयोगले गर्दा काममा सजिलो र छिटो हुने गरेको किसानहरुको भनाइ छ।
कृषिज्ञान केन्द्र पर्साका प्रमुख डा. रामचन्द्र यादवले जानकारी दिए अनुसार पर्सामा यस वर्ष प्रतिहेक्टर ४.८ मेट्रिक टनको दरले २ लाख २५ हजार ४८० मेट्रिक टन धान उत्पादन भएको छ।