एजेन्सी– किशोरावस्थादेखि नै सामाजिक सेवा मा संलग्न रहेका एक पुरुषले डाउन सिन्ड्रोम रोग भएकी एक बालिकाको लागि आफ्नो मन र घरको ढोका खोलेका छन्।
लुका ट्रयापनिजले सानै उमेरदेखी अपाङ्गता बालबालिकाहरुसँग काम गर्दै आएका थिए। त्यसैक्रममा उनले अल्बालाई आफुसँगै राख्ने फैसला गरेका हुन्। अल्बा जन्मेको केहीँ दिनमा नै उनको अभिवावकले उनलाई अरुलाई दिने तय गरिसकेका थिए। उनलाई लुकाले लिनुभन्दा अगाडी नै २० जना जोडीले अस्वीकार गरिसकेका थिए।
लुकाले पहिला ‘अ रुवट लिबेरा’ फाउनडेसन मा काम गरेका थिए। जुन फाउनडेसनले डाउन सिनड्रोम रोग लागेका बालबालीकाहरुलाई सहयोग गर्ने गर्दर्छ। त्यसैले उनलाई अल्बाको हेरचाहा गर्न केहीँ गाह्राे भएन्।
लुकालाई बच्चा लिने प्रक्रिया पुरा गर्न भने निकै झलनजटिलो थियो। ‘एडोप्सन एजेन्सी’ले जोडीलाई बच्चा दिन रुचाउछ। बिबिसिको एउटा अन्तरवार्तामा उनले भनेका छन् ‘जब मैले उनलाई मेरो काखमा लिए मेरो खुसीको सिमा नै रहेन्, मलाई उ मेरो आफ्नै छोरी जस्तो महसुस भयो, मलाई अगाडी नै म उसको बुबा बन्न तयार छु भन्ने विश्वास थियो।’
लुकाले भने ‘म अब मेरो बाकीँको जीन्दगी उनीसँगै जीउने छु र जीवनका मिठा पलहरु हामी सँगै विताउने छौं’
https://www.instagram.com/trapaluca/?utm_source=ig_embed