काठमाडौं–भोली शुक्रबारदेखि नायक यशराज गहतराज अभिनित चलचित्र ‘लभ यू हमेशा’ रिलिज हुँदैछ। यो भाष्कर प्रधानको निर्देशनमा रहेको चलचित्रमा नायक यशराज यो चलचित्रबाट आशावादी देखिएका छन्। लभ स्टोरी कथामा निर्माण गरिएको चलचित्रको लागि निर्माण टिमले मिहिनेत गरेको छ। चलचित्रको २ गीत विदेशी भूमिका गएर खिचिएको ।
नायक यशराज अभिनित चलचित्र ‘किर्तिपुर’ ले हलमा कुनै कमाल नगरेको अवस्थामा उनका लागि यो चलचित्र विशेष हुनेछ। लभ स्टोरी कथामा बनेको चलचित्रले दर्शकलाई हाँसो, रोदन र प्रेम दिने निर्माण टिमको विश्वास छ। चलचित्रमा ऋचा, फिजा, शिशिर राना लगायतका कलाकारको पनि मुख्य भूमिका छ। यशराज भने यो चलचित्रबाट निकै आशाबादी छन्।