सोल– उत्तर कोरियाले पहिचान नभएको एक प्रक्षेपण गरेको दक्षिण कोरियाले जनाएको छ। बिहीबार मध्यान्ह प्रक्षेपण गरेको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको हो। मिसाइल परीक्षण भए–नभएको पनि पहिचान भएको छैन। यदी मिसाइल पहिचान भए मे महिनायता यो १३औं मिसाइल परीक्षण हुनेछ।
अमेरिका र उत्तर कोरियाबीच परमाणु निशष्त्रीकरण सम्बन्धी सम्झौताको तयारी भइरहँदा उत्तरले अर्को प्रक्षेपण गरेको हो। त्यसो त, हालै उत्तरका नेता किम जङ उनले अमेरिकासँग वार्तामा कुनै इच्छा नभएको प्रतिक्रिया दिएका थिए।
बिहीबार मात्रै अमेरिकामा ‘थ्याङ्सगिभिङ’ मनाइरहँदा उत्तरले चेतावनीको रुपमा प्रक्षेपण गरेको टिप्पणी अन्तर्राष्ट्रिय मिडियाको छ।