काठमाडौं — हामि नेपाली र हाम्रो देश नेपाल, हामीकहाँ धेरै नेताहरु छन्। ति नेता र मन्त्रीहरु जो प्राय सबै रोगी नै छन्।
उनीहरु उपचारका लागि भन्दै राज्यको ढुकटिबाट करोडौं रकम खर्च गरी विदेशी अस्पतालहरुमा उपचारका लागि पटक पटक धाउने गरेका छन्। यो कार्यले भोग –विलास र ऐश– आरमा पोख्त रहेका नेताहरु रोग लागेपछि राज्यको ढुकुटिको पैसाबाट उपचार गर्ने प्रवृद्धि आजको समयमा भने बढ्दो छ। कतिपय मुलुकका नेता—मन्त्री भने आफुलाई सधै स्वस्थ्य, तन्दुरुस्त र फुर्तिलो राख्छन्।
ऐश—आरम, भोग बिलास त्यागेर सक्रिय र प्राकृतिक जीवनमा व्यस्ता जिवन जिइरहेका हुन्छन्। यस्तै धेरै नेताहरु मध्ये एक हुन्, नेता भ्लादिमिर पुटिन। विश्वका शक्तिशाली व्यक्तिहरु मध्येका एक चर्चित व्यक्ति हुन् भ्लादिमिर पुटिन। उनी रुसका राष्ट्रपति मात्र नभई विश्वचर्चित व्यक्तित्व समेत हुन्। उनले विश्वमा आफ्नो शक्तिलाई जसरी सन्तुलित गराएर राखेका छन्, त्यसरी नै उनले आफ्नो शरीरलाई भने सधैं सन्तुलनमा राख्ने गरेका छन्।
अमेरिकी पत्रिका फोर्ब्सको सूचीमा ५ पटकसम्म शक्तिशाली सूचीमा परेका छन्। विवाह पश्चात उनले आफ्नो परिवार प्रति राम्रो समय निकाल्न नसक्दा उनकी उनकी श्रीमती ल्युडमिलाले उनलाई छोडेर समेत गएको पाइन्छ। ल्युडमिलासँग पुटिनको १९८३ मा पहिलो विवाह भएको थियो। सन् २०१३ मा ल्युडमिलासँग सम्बन्ध बिच्छेद भएपछि हाल भने भ्लादिमिर एक्लो जिवन जिउदैँ छन्।
सन् २००० देखि कहिले राष्ट्रपति त कहिले प्रधानमन्त्री बनेर राज्यको कार्यकारी भूमिकामा रहेका उनी दुई दशकदेखि रुसको शक्तिशाली राष्ट्र प्रमुख र सरकार प्रमुख समेत बनेर बसे।
पुटिनकी छोरीहरु क्याट्रिना तथा मारिया करिब ३२ वर्षका भएका छन्। यी दुबै छोरीहरु राजनीतिलाई रुचाउने खालका छैनन्। त्यसैले पनि हुन सक्छ उनीहरुलाई कहिलैपनि सार्वजनिक कार्यक्रममा भेटिँदैन।
पुटिनको व्यक्तिगत जीवन
पुटिनको व्यक्तिगत जीवनलाई हेर्दा सामान्यतया कूटनीतिक र शालीन स्वभावको देखिन्छन् राष्ट्रपति पुटिन। उमेरले ६७ वर्षको भएपनि न त पुटिन देख्नमा बुढेशकाल लागेको जस्ता देखिन्छन् न त उनको शरीरले नै उनलाई बुढो भएको जनाउँछ। नियमित अभ्यास र खानपानको कारण पुटिन सधैं तन्नेरी देखिने गर्छन्।
पुटिन आफैंमा व्यायाममा धेरै रुचि राख्ने व्यक्तिमा पर्छन्। पुटिनको दैनिक तालिकामा बिहान ढिलो गरी सुरुहुन्छ। उनी उठ्ने समय दिउँसो नै हुन्छभन्दा हुन्छ। उठे लगत्तै उनको धेरै समय व्यायामको लागि खर्च हुने गर्छ। आफ्ना निकटस्थहरुसँग बिहानी ब्रिफिङ र धेरै व्यायामहरुसँगै सुरु हुन्छ उनको दैनिकी।
सन् २०१४ मा न्यूजविकका पत्रकार बेन यहूदाले पुटिनको प्रोफाइल तयार पारेका थिए। सन् २००० देखि हालसम्म सत्ताको बागडोर सम्हालेका पुटिनको जीवनशैली भने अरुको जस्तो सामान्य र परम्परागत छैन। शहरभरीमा उनको अभद्र व्यवहार, कुकुरहरुलाई देखी नसक्नु। उनको कुकुरको मासु र कोयलको अण्डा एकदम रुचाउने खानमा पर्ने गर्छन्।
पुटिन अरुजस्तो बिहान नै उठेर तयार हुने खालका राष्ट्रपति होइनन्। उनी दिउँसो मध्याहृन अघि उठ्छन् र अरुले लन्च लिने बेलामा बिहानको खाजा खान्छन्। बिहानको खाजामा उनी सामान्यतया ठूलो अम्लेट ठूलै भाँडोमा हालेर खान रुचाउँछन्। जसमा अण्डाको साथमा फलफूलको रस पनि मिसाउनु पर्छ।
उनी आफैं एकचोटी आफ्नो खाना सिध्याइसकेपछि उनी कफी पिउने गर्छन्। बिहानको खानापछि उनको दैनिकी व्यायामसँगै सुरु हुन्छ।
न्यूजविकले तयार पारेको रिपोर्ट अनुसार पुटिन दैनिक दुई घण्टा पौडी खेल्ने गर्छन्। दुई घण्टाको पौडी पछि उनी पुटिन जिमखाना तिर लाग्छन्। जिममा पनि उनको लामै समय बित्ने गरेको छ। उनलाई शिकार खेल्न भने एकदमै मन पर्छ।
उनी आफ्नो निजी कार्यक्रम सकेपछि अपराहृन पुटिन सामान्यतया ब्रिफिङग नोटहरू पढ्नको लागि आफ्नो टेबुलमा बस्ने गर्छन्। यस्तो नोटहरु घरेलु खुफिया एजेन्सीहरु, विदेशी मामिलाका रिपोर्टहरू, साथै रूसी प्रेस र अन्तराष्ट्रिय मिडियाको क्लिपहरू समेत रहेका हुन्छन्।
उनीसँग सम्बन्धित र रुससँग सम्बन्धित सबै किसिमका समाचार एवं सूचनाहरु त्यतिबेलासम्म उनको टेबुलमा पुगिसकेको हुन्छ। पुस्तकहरुमा उनलाई साहित्यिक पुस्तकहरु खासै मन पर्दैन। उनी प्रविधि तिर खासै ध्यान दिँदैनन्। बरु उनी पुराना पुराना प्रविधिहरु, कागजातहरुको रेड फोल्डर आदिमा धेरै मन दिन्छन्।
उनी राति ढिलासम्म काममा नै लागि रहन्छन्। राति धेरै काम गर्ने र दिउँसोसम्म सुत्ने भएकोले उनलाई ‘उल्लु राष्ट्रपति’ समेत भन्ने गरिन्छ।