धनगढी– धनगढीमा ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्। धनगढी उप–महनगरपालिक ५ जाई बस्ने २८ वर्षीय इन्द्रजित धामी, ८ बस्ने १८ वर्षीया एलिसा तामाङ र बाजुरा त्रिवेणी नगरपालिका–३ घर भई धनगढी उप–महनगरपालिका १ बस्ने १९ वर्षीया मोनिका थापा भन्ने मोनिका बुढालाई प्रहरीले पक्राउ गरेको हो।
बिहीबार राती धनगढी उपमहानगरपालिका १ स्थित पुष्पाञ्जली होटलमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।
उनीहरुको साथबाट ३ ग्राम ७ सय ६० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको उनले बताए। तीनैजनालाई पक्राउ थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ।