एजेन्सी– युरोपा लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड काजकस्तानको क्लब एफसी एस्तानासँग पराजित भएको छ। बिहिबार राति भएको खेलमा युनाइटेड एस्तानसँग २–१ गोलले हारेको हो।
पाहुना टोली युनाइटेडले खेलको १० औं मिनेटमा शुरुवाती अग्रता बनाएको थियो। उसका लागि लुका साको पासमा लिङ्गार्डको गोल गरेका थिए। पहिलो हाफमा १–० गोलले अघि रहेको युनाइटेडले दोस्रो हाफमा अग्रता जोगाउन सकेन।
खेलको ५५ औं मिनेटमा एस्तानका दिमित्री सोमकोले गोल गर्दै खेललाई बराबरीको स्थितिमा ल्याए। त्यस्तै खेलको ६२ औं मिनेटमा युनाइटेडका डि सोन बर्नाडले आत्मघाती गोल गरे। त्यसपछि खेलमा पछि परेको युनाइटेडले गोल गर्न नसक्दा हार बेहोर्नुप¥यो।
पराजित युनाइटेड समुहको १० अंक जोडेर शीर्षस्थानमा रहेको छ। जितसँगै एस्तानाले समूह ‘एल’ मा पहिलो जितसहित ३ अंक जोडेको छ।