काठमाडौं– अहिले बजारका ब्युटी प्रोडक्टहरुले छाला चम्काउन होस् वा कपाल बाक्लो बनाउन, ओंठलाई मुलायम बनाउन होस् वा अनुहारको दागधब्बा मेट्न, चाहेजति र खोजेजस्तै सौन्दर्य प्रशाधन पाइन्छ। तर, आफुलाई सुन्दर बनाउन प्रयोग गरिने सौन्दर्य प्रसाधनले कुरुप पनि बनाउन सक्छ।
कपालको समस्याः
कालो र लामो कपालले तपाईंको सुन्दरतालाई सुनमा सुगन्ध भरिदिन्छ। त्यसैले हामी कपालको हेरचाहका लागि विभिन्न किसिमका स्याम्पु, सीरम, तेल, कन्डिसनर र जेल प्रयोग गर्छौं। यी सबैले तपाईंलाई चाहे अनुरुप सौन्दर्य त प्राप्त हुन्छ। तर, चाया, कपाल र्झने र पातलो हुने जस्ता समस्याहरु पनि उत्पन्न हुन थाल्छ। लामो समयसम्म कलर गर्नाले कपाल खैरो हुन थाल्छ। त्यसैले यसलाई राम्रो राख्नका लागि ब्रान्डेड उत्पादनलाई नै छनोट गर्नुपर्छ।
आँखाको समस्याः
आँखा र ओठको मेकअपले नै सम्पूर्ण अनुहारलाई आकषिर्त बनाउँछ। आँखा वरपरको भाग अति नै संवेदनशील हुन्छ। त्यसैले आँखाको मेकअप गर्दा अथवा आँखामा केही लगाउँदा सावधानीपूर्वक लगाउनुपर्छ। मस्काराले आँखालाई आकर्षक बनाउँछ। तर, यसको अत्यधिक प्रयोगले छालालाई नराम्रो असर पार्छ। चिलाउने र इन्फेक्सनको समस्या पनि हुन्छ।
स्किन एलर्जीः
सौन्दर्य प्रशाधन तथा कस्मेटिकलाई धेरै समयसम्म उपयोगी बनाउनका लागि त्यसमा विभिन्न किसिमका रसायनहरुको प्रयोग गरिन्छ। पेराबिन्स, जुन प्रायः ब्यूटी प्रसाधनहरुमा प्रयोग हुन्छ। यदि तपाईंको छाला संवेदनशील छ भने सौन्दर्य प्रसाधन छनोट गर्नु अगाडि यसमा पेराबीनको स्तर जाच्नु पर्छ।
डन्डिफोर (एक्ने)
एक्ने अर्थात् डण्डिफोर हाम्रो सुन्दरताको सबैभन्दा ठूलो दुस्मन हो। हाम्रो अनुहारको छालाले पनि अरु अंगका छालाहरुले जस्तै सास फेर्छन्। हामीले अनुहारमा लगाएको क्रिम अथवा लोसनले हाम्रो रोम छिद्र बन्द हुन्छ। जसका कारण हाम्रो छालाले सास फेर्न सक्दैन। जसका कारण डण्डिफोरको समस्या उत्पन्न हुन्छ। त्यसैले सधैं राति सुत्नुभन्दा अगाडि मेकअप हटाएर मात्र सुत्नु पर्छ। जति थाके तापनि आफ्नो अनुहार सफा गर्न बिर्सनुहुँदैन।
चाउरीपना र चायाः
लामो समयसम्म कस्मेटिकको प्रयोग गर्नाले केवल हाम्रो छालालाई मात्र नोक्सान र्पुयाउँदैन। यसले समयभन्दा अगाडि नै बुढो पनि देखाइदिन्छ। मेकअप गरेर ती कमीहरुलाई हटाउन त सकिन्छ। तर, मेकअपले यो समस्यालाई झन् बढाइदिन्छ।
हार्मोन्समा पनि असरः
हाम्रो शरीरको एन्डोक्राइन सिस्टम कस्मेटिकको अत्याधिक उपयोगका कारण गडबढ हुन्छ। ट्राइक्लोसन जुन एक्ने रिमूवल क्रिममा समावेश भएको हुन्छ। त्यसले हाम्रो शरीरमा टाँसिएको थाइराइडलाई प्रभावित गर्छ। जसका कारण टाउको दुख्ने, वजन बढ्ने र अवसाद जस्ता समस्याहरु उत्पन्न हुन थाल्छ।
कालो दागः
छाला सम्बन्धी समस्याहरुबाट बच्न सिधा र सरल उपाय भनेको तपाईंले प्राकृतिक, हर्बल र राम्रो ब्राण्डका रसायनरहित कस्मेटिक मात्र छनोट गर्नुपर्छ साथै इन्ग्रेडिएन्ट्सको जाँच गर्न बिर्सनुहुँदैन।
क्यान्सरः
तपाईंले प्रयोग गर्ने कस्मेटिकले तपाईंलाई क्यान्सर जस्तो भयानक रोग पनि लाग्न सक्छ भन्ने सुन्दा आश्चर्यमा पर्न सक्नुहुन्छ। त्यसो त धेरै कस्मेटिक बनाउने कम्पनीहरुले आफ्नो प्रोडक्टलाई राम्रोसँग जाँच गरेर मात्र बजारमा ल्याउने गर्छन्। तर, त्यसलाई लामो समयसम्म प्रयोग गर्नु उचित हुँदैन। ब्रान्डेड उत्पादनहरु एक्स्पायरी डेटसहित आउँछन्। डेट गएको उत्पादनको प्रयोग बिर्सेर पनि गर्नुहुँदैन।