काठमाडाै– नायिका स्वस्तिमा खड्का मंगलबार बिहानै कार्यविनायक मन्दिरमा पुगिन्। पहेलो कुर्तामा सजिएकी स्वस्तिमा निकै नै खुलेकी थिइन्। चलचित्र ‘चपली हाइट ३’को शुभसाइत समारोहमा उनी पुगेकी हुन्।
स्वस्तिमाले यो चलचित्रको बिषयलाई लिएर आफू अझै पनि दोधारमा रहेको प्रतिक्रिया दिइन्। स्वस्तिमा कार्यक्रमको प्रकृती अनुसार पहिरनमा सजिने गर्छिन्। पछिल्लो समय उनी धेरै नायिका पहिरनमा चुजी बन्ने गरेका छन्।
स्वस्तिमा पनि यो कुरामा सजग छिन्। नायिका खड्का चलचित्रलाई लिएर उत्साहित छिन्। स्वस्तिमा अभिनित २ चलचित्र यो बर्ष रिलिज भएका छन। दुबै चलचित्रको व्यवसायिक असफलताको असर स्वस्तिमाको करिअरमा देखिएको छैन।