काठमाडौं– स्वास्थ्य र सौन्दर्य दुबैका लागि घिउकुमारीको प्रयोग फाइदाजनक मानिन्छ। यसमा केहि प्रकारको प्रोटिन र भिटामिन पाइन्छ। घिउकुमारीमा भिटामिन ए, साथै यसमा फोलिक एसिड जस्ता पोषक तत्व हुन्छ।
यसको जेलमा तामा, फलाम, क्याल्सियम, जिंक, पोटाशियम, क्रोमियम, म्याग्नेशियम जस्ता तत्व पाइन्छ। यो प्राकृतिक रुपमा प्रभावशाली जडिबुटी हो।
छालाको सौन्दर्य बढाउनः
घिउकुमारीमा जे तत्व पाइन्छ, त्यसले छालालाई हाइड्रेट राख्छ र पोषक तत्व पनि प्रदान गर्छ। यसले नयाँ कोशिकाको उत्पादनमा पनि भूमिका खेल्छ। अनुहारमा घिउकुमारीको जुस लगाउँदा त्यसले अनुहारलाई चम्किलो र मुलायम बनाउँछ।
दाँत र गिजाको लागिः
घिउकुमारीमा आफ्नो प्राकृतिक जीवाणुरोधी र रोगाणुरोधी गुण हुन्छ, जसले गिजा र दाँतलाई स्वस्थ्य तुल्याउँछ। यो विभिन्न प्रकारको भिटामिन र खनिजले भरिएको हुन्छ, जसले कोसिकाको विकासमा सहयोग गर्छ। त्यही कारण गिजाबाट रगत बग्ने, मुखको अल्सर जस्ता समस्या हुन दिदैन।
कपालका लागिः
घिउकुमारी एकदमै राम्रो मोश्चराइजर हो, जसले केसलाई घना र मुलायम बनाउँछ। यसले कपालको पिएच सन्तुलन गर्नमा पनि सहयोग गर्छ। घिउकुमारीमा हुने पोषण तत्वले केस बढ्न सहयोग गर्छ र र्झन दिँदैन।
घिउकुमारी जेलमा कागतीको रस मिसाएर कपालमा लगाउनुपर्छ। त्यसपछि २० मिनेट जति तातो तैलियाले केसलाई लपेट्ने। अन्त्यमा मनतातो पानी र हल्का स्याम्पूले केस सफा गर्नुपर्छ। यो प्रक्रिया हरेक दुई हप्तामा दोर्होयाउनु पर्छ।
पेटको लागिः
घिउकुमारी पेटको स्वस्थ्यका लागि पनि लाभदायक हुन्छ। यसमा उच्च मात्रामा फाइबर पाइन्छ, जसले पाचन यन्त्रलाई चुस्त बनाउँछ। घिउकुमारीको रस कब्जियतको उपचारमा पनि प्रयोग गर्न सकिन्छ। कब्जियत भएको अवस्थामा घिउकुमारीको जुस पिउनुपर्छ।
– घिउकुमारीको जुस नियमित रुपले सेवन गर्दा कब्जियतबाट छुटकारा मिल्छ, घिउकुमारी सेवन गर्दा त्यसले हाम्रो शरीरमा रगतको कमी हुन दिदैन। रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ, हाम्रो शरीरको भित्री अंगहरु सफाइ गर्नमा पनि यो उपयोगी हुन्छ। यसले शरीरको नसा, नाडी आदि सफाइ गर्छ।
– छाला र केसलाई बलियो, मुलायम बनाउनका लागि घिउकुमारीले प्रभावकारी काम गर्छ, घिउकुमारीको जुस सेवन गर्दा छाला रुखो हुँदैन। चम्किलो र नरम हुन्छ, घिउकुमारीको जुस सेवन गर्दा अनुहारको खराबी, मूसा, रुखोपन, चाहुरी, दाग धब्बा हट्छ, तौल नियन्त्रण गर्नका लागि पनि घिउकुमारीको जुस उपयोगी हुन्छ।
–घिउकुमारीको सेवन जो कोहिले गर्न सक्छन्, यसको साइड इफेक्ट छैन। घिउकुमारीको जुसले रगतलाई शुद्ध बनाउने, हेमोग्लोबिनको कमी पुरा गर्ने र शरीरमा ब्लड सेल्सको संख्या बढाउन सहयोग गर्छ, घिउकुमारी जुसले दाँत सफा गर्ने र रोगमुक्त राख्छ। यसलाई माउथ फ्रेशनरको रुपमा काम गर्छ।
– यसले केस झर्ने समस्याबाट पनि मुक्ती दिन्छ, फेसवासको रुपमा समेत घिउकुमारी उपयोग गर्न सकिन्छ, घिउकुमारीको जुसले मधुमेहमा पनि राहात मिल्छ। साथै कोलोस्टोर नियन्त्रणमा पनि यो प्रभावकारी हुन्छ।