काठमाडाैँ– नेपालका लागि टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिको टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प २०१९ सुरु हुने भएको छ। मंसिर १९ देखि २१ गतेसम्म नेपालभर रहेका सिप्रदीका ५३ वटै सर्भिस सेन्टरमा एकैसाथ ग्लोबल सर्भिस क्याम्प हुन लागेको हो।
विश्वभर एकैसाथ हुने टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्पको यो नेपालमा चौथो संस्करण पनि हो।टाटा मोटर्सले हरेक वर्ष संसारभरी रहेका आफ्ना सम्पूर्ण ग्राहकलाई उच्चस्तरीय सेवा दिने उदेश्यले ग्लोबल सर्भिस क्याम्प गर्दै आएको छ।
सिप्रदी मार्केटिङ सर्भिसका डेप्युटी म्यानेजर विकास ढकाले जानकारी दिए अनुसार तीनदिनसम्म सञ्चालन हुने क्याम्पमा टाटा कमर्सियल भेइकलको निःशुल्क सर्भिस गरिन्छ। साथै एक्साइड ब्याट्री, म्याकलुब्रिकेन्ट्स र टाटा जेन्युइन स्पेयर पार्टस, टायरलगायतका एसोसेरिजमा विशेष छुट समेत प्रदान गरिन्छ।
यसैगरी ग्लोबल सर्भिस क्याम्प अवधिमा ग्राहकले निःशुल्क सवारी जाँच सेवाहरु, विशेष ट्रेनिङ, विभिन्न मनोरञ्जनात्मक कार्यक्रमलयागत ग्राहकको स्वास्थ्य परीक्षण गर्नुको साथै रक्तदान कार्यक्रम तथा अन्य थुप्रै आकर्षक सेवा तथा सुविधाहरु पाउन सक्ने म्यानेजर ढकाले जानकारी दिनुभयो।