एजेन्सी– भारतमा एक महिला भेटनरी डाक्टरको लास जलेको अवश्थामा फेला परेको छ। बुधवार बिहान अस्पताल जान निस्किएकी उनको लास तेलंगानामा हैदराबादको नजिकै फेला परेको हो।
बुधवार भेटनरी डाक्टर प्रियंका आफ्नो घर शम्शाबाददेखी कोल्लुरु स्थित पशु चिकित्सालय गएकि थिइन्। त्यहाँबाट फर्कनेक्रममा करिब ६ बजेतिर टोल प्लाजाकको नजिकै उनको स्कूटी पंक्चर भएपछि उनले आफ्नतहरुलाई फोन गरेकी थिइन्।
उनले फाेनमा बहिनीसँग आफूलाई डर लागेको कुरा बताएकी थिइन्। त्यसपछि उनकी बहिनीले क्यावमा आउन सल्लाह दिइसकेपछि उनीसँग सम्पर्क हुन सकेन। त्यसपछि उनका परिवारले उनको खोजी गर्न थाले। त्यसको भोलीपल्ट बिहान शादनगरको अण्डरपासको नजिकै प्रियंका रेड्डीको लास जलेको अवस्थामा भेटियो।
मेकानिक शमसेर आलमको अनुसार एउटा डाक्टर प्रियंकाको स्कूटी लिएर बुधवार राती ९ः३० बजे उनको वर्कसपमा गएको थियो। डाक्टर प्रियंकाको को हत्याको अनुसन्धानको लागि हैदराबादको प्रहरीले सीसीटीवी फुटेज को साहारा लिइरहेकाे बताइएकाे छ।