काठमाडौं – चन्द्रागिरि नगरपालिकाको मातातीर्थमा सडक बनाउने क्रममा ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा दाङको गाउँपालिकाका–१ का ३१ वर्षीयको प्रेम पुन र प्रकाश घर्ती छन्।
काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार बाटो बनाउने क्रममा माथिबाट आएको ढिस्कोले उनीहरुलाई पुरेको थियो।
दुवै जनाको शव अहिले ओम समाज अस्पतालमा राखिएको छ।