एजेन्सी– इन्डोनेसियाई बोर्नियोको जङ्गल फडानी भएको छ। किसानहरूले छिटै जमिन खाली गर्ने लक्ष्यले जङ्गल फडानी गरेका हुन्। जमिन खाली गरी पाम तेल उत्पादन गरेर पैशा कमाउने योजना किसानहरुको रहेको छ।
जुन तेल चकलेट बनाउन देखि लिएर शैम्पूमा समेत प्रयोग हुन्छ। त्यहाँको आगोको कारण आकाशमा धुवाँले ढाकेको छ। त्यहाँको धुवाँ मलेशिया र सिंगापुर सम्म फैलिएको छ।
आगलागीको कारण मानीसहरुलाई सास फेर्ना गाह्रो भइरहेको छ भने पशुपंक्षीहरु मरिरहेका छन्। तिनीहरूले केवल जङ्गल मात्र फडानी नगरी यसको पछाडिको पीटल्याण्डहरू पनि नष्ट गर्दैछन्।