काठमाडाैँ– एनसेल प्राईभेट लिमिटेडले आफ्नो नयाँ योजना ‘रिचार्जमा चमत्कार’ अफरअन्तर्गतका विजेतालाई पुरस्कार प्रदान गरेको छ। पहिलो हप्ताका पाँचमध्ये दुई ग्राहकलाई २ लाख रुपैयाँ नगद पुरस्कार वितरण गरेको हो।
एनसेलले यो अफर मंसिर १ देखि संचालन गर्दै आएको छ। उक्त योजनाअन्तर्गत ग्राहकले प्रत्येक हप्ता २ लाख र प्रत्येक महिना १० लाख रुपैयाँ जित्ने मौका पाउँछन्।
प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा सय वा सय भन्दा बढी रिचार्ज गर्दा यो योजनामा सहभागी हुन पाउनेछन्। प्रत्येक सय रुपैयाँ बराबरको रिचार्जमा एसएमएसबाट एउटा कोड पाउने छन्। कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्न पर्ने हुन्छ।