काठमाडौं–लोकदोहोरी क्षेत्रकी सदावहार बहुचर्चित गायिका बिमाकुमारी दुराले लामो समयको अन्तरालपछि निकै मिठो लोकदोहोरी गीत गाएकी छिन्। उनलाई आवाजमा शंकर कडेंलले साथ दिने छन्। लोकप्रिय सर्जक शिव हमालको शब्द र ज्ञानेन्द्र शाहीको लय रहेको गीतको संगीत संयोजन अहिलका लोकप्रिय संगीतकार आशिष अविरलले गरेका छन्। शंकर कडेँलको प्रस्तुतिको रुपमा रहेको गीत राग स्टुडियोमा आज मात्र रेकर्ड भएको छ। नेपाली पब्लिकले लिएको अन्तरवार्तामा गायिका दुराले पछिल्लो समय आफुले आवाज दिएको यो गीत एकदमै मिठो रहेको बताएकी छिन्। जुन गीतको थेगो यसप्रकार रहेको छ।
दियोमा तेल भर, लर्के जोवन नफाल खेर, डाँडैमा घाम हेर
मानिसको जीवन डाँडैमा डुब्नै लागेको घामजस्तै हो यसलाई राम्रो गतिमा अगाडि बढाउँनु पर्छ। कतिबेला हामीले व्यर्थै खेर फालिरहेका हुन्छौं भन्दै गायिका दुरा निकै भावुक देखिएकी थिईन्। निकै सुरिलो स्वरकी धनी गायिका काल्पनिक भन्दा यथार्थ गीतमा आवाज दिने गायिका हुन्। लाहुरे, भरिया, किसानी, गोठालो र प्रदेशी सबैका कथा र व्यथा गाईसकेकी गायिकाको यो गीत अलि फरक भएकोले दर्शकले आफ्नो आवाजमा पछिल्लो समय फरक स्वाद लिन सक्ने दाबी गर्छिन्। ज्ञानेन्द्र शाही सँगको उनको यो दोस्रो सहकार्य हो।
ताकि पहिलो गीत ‘फूलको डाली रित्तै’ लाई पनि दर्शकले अत्याधिक रुचाएका छन्। पछिल्लो समय बिमाकुमारी दुराको आवाजमा कम गीत आउँनुको कारण के हो, भन्ने प्रश्नमा उनले लगातार यही क्षेत्रमा आफ्नो भागमा जति गीत पर्छन् सो गीत गाउँदै आएको बताउँछिन्। साथै उनले मिडियाहरुलाई पनि यो आग्रह गरिन् कि बिमाकुमारी दुराले गीत गाउँन छोडिन् यस्तो कसैले पनि नभनी दिनुहोला। मेला,मोहत्सव र रेकर्डिङ्मा पनि उनको व्यस्तता उस्तै छ। ३ दशकभन्दा बढी उनले यो क्षेत्रमा योगदान दिईसकेकी छिन्। शंकर कडेंलको यूटूब च्यानलबाट गीत छिट्टै बजारमा आउँदै छ।