एजेन्सी– नयाँ प्रविधिका आधुनिक हतियार निर्माणमा रुस अगाडि छ। उसको आर्जनको मुख्य स्रोतमध्ये हतियार पनि हो।
रुसले हालैमात्र अन्तरमहादेशीय ब्यालेष्टिक मिसाइल बनाएको छ जसलाई दुनियाँभरको कुनैपनि प्रतिरक्षा प्रणालीले रोक्न सक्दैन। पाचौं पीढीको यो मिसाइललाई विज्ञान र प्रविधिमा नयाँ उपलब्धि भनिएको छ।
रुसको रेड स्टार पत्रिकामा मिसाइल फोर्सका कमाण्डर सेरगेई काराकाइभले मिसाइल अत्याधुनिक र दुनियाँभरको कुनैपनि सुरक्षा प्रणालीले रोक्न नसक्ने बताएका छन्।
यारस मिसाइल प्रणाली नाम दिइएको यसले मिसाइल जुनसुकै ठाउँबाट पनि मार हान्न सक्छ। यो टोपोल एम मिसाइल प्रणालीलाई अझ सुधार गरी बनाइएको हो।