काठमाडौँ, १६ माघ – गायक समिर आचार्यको ‘पिच रोड’पछि ‘घाममा सुकाइदेउ’ गीत निकै चर्चित भएको छ। उनी अस्ट्रेलियामा बसे पनि नेपाली सङ्गीतप्रति निकै सक्रिय छन्। उनका युट्युबमा सार्वजनिक हरेक गीतले निकै सफलता हात पारेका छन्।
गायक समिरकै आवाज रहेको ‘घाममा सुकाइदेउ’ बोलको गीतलाई पनि युट्युबबाट सार्वजनिक गरिएको छ। यसअघि ‘होइन भन्देउ’, ‘दुनियाँ बेग्लै छ’, ‘पिच रोड’ र ‘चट्ट सलाम छ’ उनका सफल र चर्चित गीतहरू हुन्।
गायक समिरकै शब्द र सङ्गीत रहेको यस गीतमा उनलाई विद्या तिवारीले साथ दिएकी छन्। राजीव समरको कोरियोग्राफी रहेको यस गीतलाई टेकेन्द्र शाहले सम्पादन र कुमार केसीले छायाङ्कन गरेका हुन्।त्यस्तै मनोज बस्नेतले निर्माण गरेको यस भिडियोमा मन्जिल बस्नेत र आँचल शर्माको अभिनय रहेको छ।
https://youtu.be/z85ORGAK7Js