काठमाडौं – भ्रमण छोट्याएर स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उपचारत प्रधानमन्त्री केपी ओलीलाई शुक्रबार बिहान भेटेका छन्।
मन्त्री ज्ञवालीले मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझेका हुन्।सेन्टर पुगेका उनले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेका छन्। एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री अस्पतालमै आराम गरिरहेका छन्।
विदेश भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवाली भ्रमण छोट्याएर शुक्रबार बिहान स्वेदश फर्केका हुन्।उनी रुस र शर्वीयाको औपचारिक भ्रमणमा गत शनिबार अपराह्न रुसको राजधानी मस्को प्रस्थान गरेका थिए । भ्रमणका क्रममा आज मन्त्री ज्ञवालीको शर्वीयाका राष्ट्रपतिसँग भेटघाट गर्ने पूर्व तयारी थियो।
उनले भ्रमण छोट्याएको कारण भने प्रष्ट खुलाएका छैनन्। उनले देशमा विकसित परिस्थितका कारण भ्रमण छोट्याएको जानकारी दिएका छन्। विकसित परिस्थिति बारेमा भने उनले केही खुलाएका छैनन्। उनको भ्रमण तालिका मंसिर १५ गतेसम्म थियो।